|

चितवन : भरतपुर महानगरपालिकाको वडा नम्बर ५ कार्यालयमा बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यलय चितवका अनुसार मंगलबार राति करिब १२ बजे शक्तिशाली सिलिण्डर बम विस्फोट भएको हो।

विस्फोटबाट तोरीखेतमा रहेको वडा कार्यालय भवनमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। राठौरका अनुसार विस्फोटबाट मानवीय क्षति नभए पनि कार्यालय भवनमा क्षति पुगेको छ। विस्फोटपछि कार्यालयमा लागेको आगो महानगरको दमकल र प्रहरीको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

विस्फोट कस्ले गराएको भन्ने नखुले पनि विप्लव नेतृत्वको नेकपाले गराएको शंका प्रहरीको छ। घटनालगत्तै चितवनको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भईरहेको प्रहरी प्रमुख राठौरले बताए। 

सरकारले मंगलबार विप्लव नेतृत्वको नेकपालाई राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यो शक्तिशाली विस्फोटलाई प्रहरीले गम्भीर सुरक्षा चुनौतीको रुपमा लिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.