विश्व

ब्रेजिक्टसम्बन्धी प्रधानमन्त्री मेको संशोधित मस्यौदा बेलायती संसदद्वारा पुनः अस्वीकार
SHARES

फागुन २९, २०७५

    युरोपियन युनियनसँगको सम्बन्धविच्छेदका लागि सरकारले गरेको सहमतिको मस्यौदा बेलायती संसदले पुन: अस्वीकार गरेको छ।

    यसअघि पनि प्रधानमन्त्री मेले ल्याएको बेलायतलाई युरोपियन युनियनबाट बाहिर निकाल्ने सम्झौताको मस्यौदा संसद्ले अस्वीकृत गरिदिएको थियो। प्रधानमन्त्री मेले प्रस्ताव गरेको मस्यौदामा संसद्को बहुमतले अस्वीकृत गरिदिएको हो। त्यसपछि संशोधन गरेर ल्याएको मस्यौदालाई संसद्ले पुनः अस्वीकृत गरिदिएपछि प्रधानमन्त्री मेलाई अप्ठेरो परेको छ।

    मस्यौदाको प्रस्तावमा २४२ मत परेको थियो भने विपक्षमा ३९१ मत परेपछि प्रस्ताव अस्वीकृत भएको हो।अब बेलायतको संसदमा ईयुबाट सम्झौता विना बाहिरिने वा ब्रेजिक्टको मिति सार्ने भन्ने प्रस्तावमा मतदान हुने बीबीसीले उल्लेख गरेको छ।

    सो मतदानमा सत्तारुढ पार्टीका सांसद मतदानका लागि स्वतन्त्र रहेको प्रधानमन्त्री टेरेसा मेको भनाइ छ। ईयूसँग अन्तिम समयमा भएको सहमतिपछि सत्तारुढ दलका सासंदसँग प्रधानमन्त्री मेले मस्यौदाको पक्षमा मतदान गर्न आग्रह गरेकी थिइन्।  

    उत्तर आयरल्याण्डसँगको सीमामा भन्सारसम्बन्धी विवादमा ईयूसँग सहमतिपछि ब्रेजिक्ट सम्झौताको मस्यौदा दोस्रोपटक बेलायती संसदमा पेश गरिएको थियो। अब प्रधानमन्त्रीले मेले आफ्ना दलका सांसदलाई ब्रेजिक्ट केही ढिला गर्ने, पुन जनमतसंग्रह गर्ने वा विना सम्झौता नै बाहिरिने भन्ने विषयमा निर्णय गर्न आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]