|

चितवन : मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ। नियमित मर्मतका लागि फागुन ३० र चैत १ मा सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ।

कम्पनीले मर्मत सकिएपछि चैत २ देखि सेवा नियमित सञ्चालन हुने हुने जनाइएको छ। प्रत्येक चार चार महिनामा केवलकार मर्मत हुने गरेको कम्पनीले जनाएको छ। 

चितवन र गोरखा जिल्लालाई जोड्ने मनकामना केबलकार २०५५ मा स्थापना भएको हो। मनकामना केवलकार नेपालकै पहिलो केबलकार हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.