|

मनाङ : लामो समयको हिमपातले अन्नपूर्ण पदमार्गमा आउने पर्यटक बीच बाटोबाटै फर्कने गरेका थिए। हिउँ पर्न कम भएसँगै  बेसिसहर-चामे सडक सुचारु भएको छ। सडक सुचारु भएसँगै पर्यटकको आवगमन पनि बढेको छ। अन्नपुर्ण पदमार्गमा आउने पदयात्रीको गन्तब्य भनेकै ५ हजार ४ सय १६ मिटरमा रहेको थोराङ्ला भन्ज्ञ्ङ पास गर्नु हो।

पर्यटहरु मनाङ जिल्लाको बाटो हुँदै थोरङ्ला पास गरेर मुस्ताङको मुक्तीनाथ मन्दीर निस्कने गर्दछन्।  लामो समयको हिमपातले  पर्यटकको असुरक्षका कारण चक्रीय अन्नपुर्ण पदमार्ग बन्द भएको थियो। गत माघ ९ गते देखी बन्द भएको यस पदमार्ग यहि सोमबार देखी सुचारु भएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ। बन्दको समयमा करीब एक सयको हाराहारीमा बिदेशी पर्यटक बिचबाटो बाट नै फर्किएका अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना  मनाङका पर्यटन सहायक क्षेत्र गुरुङले बताए।

उनका अनुसार यस बाटो खुलाउन स्थानीय ब्यावसायी युवाहरुको सहयोग लिएको र उनीहरुकै सहयोगमा पदमार्ग सुचारु भएको हो। सर्बाधीक अग्लो पदमार्गको रुपमा रहेको यस पदमार्ग मनाङ ङिस्याङ गाउँपालीका मनाङ गाउँ सम्म सबारी साधनको प्रयोग गर्न सकिन्छ। यसो गर्दा अल्टीटियुडको समस्य पर्ने हुदा प्राय बिदेशी पर्यटकहरु हिँडेर नै आउने गर्दछन्।

हिँडेर आउने हुदा अत्यधिक हिमपातले बाटोको अवस्था हिड्न सक्ने नभएकोले बन्द गरेको हो।अहिले हिमपात रोकीएको छ। होटल ब्यावसायी र अन्नपूर्ण  संरक्षण क्षोत्रको सहयोगले गुम्छाङदेखि थोरङ भन्ज्याङ सम्माको घोडेटो बाटो सफा गरी पदमार्ग सुचारु भएको  एक्याप मनाङका प्रमुख बावुलाल तिरुवले भने। उनका अनुसार  याक खर्कदेखि बाटो असजिलो थियो। झन बेसक्यामप र हाईक्याम्पमात जानै सकिँदैनथ्यो। अहिले हिउँ पग्लँदै गहेको र युवाहरुले बाटो बनाएपछि  पर्यटक हिँड्न थालेका हुन्।

उनले भने, 'पर्यटकलाई अझै हिँड्न त्यति सहज त भएको छैन। बाटो खुलेको छ अब बिस्तारै हिउँ पग्लदै जाने हुँदा सहज हुने र हिउँ पग्लीदै जाद हिउँ पहिरोको जोखिम भने छैन।' अहिले लमजुङ बेसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्म सवारीसाधन आवागमन भएको छ। पछिल्लो  सातामै करिब ५ सयको हाराहारीमा विदेशी पर्यटक मनाङ भित्रिएका एक्याप मनाङले जनाएको छ।

उता मुस्ताङबाट पनि थोराङ भन्ज्याङ सम्मको बाटो सफा गरेपछी यो बाटो सुचारु भएको हो।  एक्याप जोमसोम मुक्तीनथका प्रमुख तुलसी दाहालले  मनाङ बाट थोरङ्ला पास गरेर पर्यटकहरु मुक्तीनाथ आएका बताए। उनका अनुसार मुस्ताङ बाट यो पास कठिन छ तर मनाङ बाट आउन सहज र सजिलो हुने भन्दै हिजो मात्रै १० जना बिदेशी पर्यटक थोरङला पास गरी मस्ताङ पुगेका  उनले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.