|

काठमाडौं : चेक काट्ने न्यूनतम र अधिकतम कुनै सिमा तोकिएको छैन। इच्छाअनुसार चेक काट्ने सुविधा छ। 

इच्छाअनुसार चेक काट्ने र खातामा पैसा नहुँदा भने समस्या पर्न सक्छ। बैंकहरूमा बाउन्स चेकको समस्या बढ्न थालेको छ। कसैलाई भुक्तानी गर्ने रकम चेक बाट काट्ने र बैंकमा जाँदा प्रयाप्त मौज्दात नभएको कारण चेक बाउन्स हुने गरेको हो। वाणिज्य बैंकहरूमा समेत यस्तो समस्या बढ्दै गएको छ।

चेक बाउन्सका समस्या धेरै देखिएपछि राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेर नागरिकलाई सचेत बनाएको छ। चेक बाउन्स हुँदा हुने सजायको विषयमा पनि जानकारी गराइएको छ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ। ‘चेक बाउन्स भएमा बैकिङ कसुर ऐन २०६४ र तीन  महिना कैद सजाय हुने भएकोले यस्तो कार्य गर्न नगराउन सूचना जारी गरिएको छ।’ बैंकिङ कसुर ऐन २०६४ अनुसार काटेको चेकअनुसार मौज्दात रकम खातामा नभएको जानी नजानी चेक काटी भुक्तानी लिन वा दिन पाइने छैन। यस्तो गरेमा १० हजार रुपैयाँसम्म जरिवना हुनेछ।

यदि तपाइले कसैलाई एक हजार रुपैयाँ दिनु पर्ने छ र मागेको माग्यै गरेको अवस्थामा दिक्क मानेर मौज्दात नभएको बैंक खातामा एक हजारको चेक काटिदिनु भयो भने तपाईले तीन महिनासम्म कैद सजाय र विगो बाहेक १० हजार जरिवनामा पर्नु हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.