|

दार्चुला : एक मात्र जिल्ला न्यायाधीशको दरबन्दी रहेको दार्चुला जिल्ला अदालतमा पछिल्लो नौ महिनामा चार न्यायाधीश फेरिएका छन्। यो वर्ष जेठदेखि पुससम्म दार्चुलामा चार न्यायाधीश फेरिएका छन्। यसरी न्यायाधीशहरूको बारम्‍बार हुने सरुवाले न्याय सम्पादनमा ढिलाई भएको जानकारहरु बताउँछन्।

जिल्ला अदालत दार्चुलामा १ मुद्दाले १ वर्ष नाघेको र १३ थान मुद्दाले ६ महिना काटेको भएपनि जिल्ला अदालतमा दुनियवादी देवानी १७, सरकारवादी फौजदारी १३, नुनियावादी फौजदारी १५ र पुनरावेदन १ गरी अहिलेसम्म ४६ मुद्दा बाँकी रहेको जिल्ला अदालत स्रोतले जानकारी दिएको छ।

सात महिनाको अवधिमा चार न्यायाधीश

यो वर्ष जेठदेखि पुससम्मको अवधिमा ४ न्यायाधीश फेरिएका छन्। यो वर्षको सुरुमा जिल्ला न्यायाधीशका रुपमा जिल्ला अदालत दार्चुलामा प्रकाशकुमार काफ्ले कार्यरत थिए। न्यायाधीश काफ्लेको जेठ १३ गते सरुवा भएपछि जिल्ला न्यायाधीशका रुपमा जेठ २४ गते ईश्वर पराजुली जिल्ला पुगे तर उनको पनि दुई महिना नपुग्दै सरुवा भयो। जेठ २० गते सरुवा भएका पराजुलीपछि जिल्ला न्यायाधीका रुपमा रजेन्द्र नेपाल झण्डै दुई महिनापछि दार्चुला पुगे। असोज १५ गते जिल्ला न्यायाधीशका रुपमा नेपालको मंसिर २४ गते नै सरुवा भयो। नेपालको सरुवा भएपछि एकै वर्षमा चौथो जिल्ला न्यायाधीशका रुपमा गिरिराज गौतम पुस ११ गते दार्चुला पुगे।

मुद्दा फर्स्योट गर्न बाँकी रहनुका पछाडि धेरै कारण भएपनि दार्चुलाका निम्ति न्यायाधीहरुको सरुवा पनि प्रमुख रहेको कानुनी सहायता समितिमा कार्यरत अभिवक्ता धिरेन्द्र साउँद बताउँछन्। यसअघि तीन न्यायाधीशहरुको सरुवा भएपनि आफू पूर्ण कार्यकाल जिल्लामा बिताउने बताउँदै जिल्ला न्यायाधीश गिरिराज गौतमले न्यायाधीश सरुवाकै कारण अब दार्चुलामा मुद्दा बाँकी नरहने बताए।

जबरजस्तीकरणी मुद्दाका आरोपी महाकाली नगरपालिका वडा नम्बर ३ का डम्मरबहादुर पाल फरार रहेका कारण उक्त मुद्दाको मात्रै म्याद एक वर्ष पूरा भएको बताउँदै जिल्ला अदालत दार्चुलामा स्रेस्तेदार किरण सिहले बताए। जिल्ला अदालतमा १ मुद्द मात्रै १ वर्ष नाघेको छ, जिम्मेवारी सरि आएका २६ र यो वर्ष दर्ता भएका ५५ गरी कुल ८१ थान मुद्दा मध्ये हालसम्म ३५ थान मुद्दा फर्स्योट गरिएको र ४६ थान मात्रै बाँकी रहेको से्रस्तेदार सिहले बताए।

पेस्की हटाइँदा मुद्दा फर्स्योटमा ढिलाइ

फागुन २१ गते गत वैसाख १२ गते ललित पन्त बिरुद्ध दर्ता भएको बालात्कारसम्बन्धी मुद्दाको पेसी थियो तर कानुन व्यावसायीले उक्त पेसि हटाउन लगाए। उक्त मुद्दाको अर्को पेसी तोकियो।

यो त प्रतिनिधि घटना मात्रै हो। कानुन व्यवासायीहरुले पेसी हटाउदा मुद्दा लम्बिने गरेको अदालत स्रोतले जानकारी दियो। अदालति कामकारवाहीहरु अदालतको नियन्त्रणमा नरहँदा पेसी सर्ने जस्ता समस्या आउने र त्यसले मुद्दा किनारा लगाउने काममा ढिलाई हुने अदालत स्रोतको भनाइ छ।

कानुन व्यावसायीहरुले एक मुद्दाको २ पेसी सार्न सक्ने प्रावधान रहेको अधिवक्ता धिरेन्द्र साउँदले जानकारी दिनुभएको छ। पेसि हटाउने तथा तारिक गुजार्ने कारण पनि मुद्दा सर्ने उनको भनाइ छ।

त्यसैगरी फरार अभियुक्त नियन्त्रणमा आउन नसक्दा, संहिताको ७३ नम्बरको प्रावधान र सरकारवादी मुद्दाहरुको बाहुल्यता हुँदा मुद्दा फर्स्योट हुन नसक्ने स्थिति आउने स्रेस्तेदार करण सिंह बताउँछन्।

सम्बन्धविच्छेदका मुद्‍दा बढी

जिल्ला अदालत दार्चुलामा दर्ता भएका मुद्दाहरुमध्ये सबैभन्दा बढि मुद्दा सम्बन्ध बिच्छेदका रहेका छन्। भने त्यसपछि अंशसम्बन्धी रहेका छन्। जिल्ला अदालतमा यो वर्ष दर्ता भएका ५५ मुद्दामध्ये २० सम्बन्ध बिच्छेद र १६ अंशसम्बन्धी रहेका छन्। जिल्ला अदालतमा ४ ज्यानसम्बन्धी, ३ चोरी सम्बन्धी, लेनदेन, करणी, जालसाज, वन र सवारी ज्यान सम्बन्धी दुई मुद्दा दर्ता छन् भने बिवाह र बालयौन सम्बन्धी एक मुद्दा दर्ता छन्।

एक करोड ८९ लाखभन्दा बढी असुल गर्न बाँकी

जिल्ला अदालत दार्चुलाले अभियुक्तहरुबाट १ सय ६८ वर्ष ३ महिना कैद भुक्तान गर्न बाँकी रहेको भए पनि यो वर्षको गत महिनाको अवधिसम्म १ करोड ८९ लाख १ हजार ६ सय १६ रुपैयाँ ६६ पैसा फर्स्योट गर्न बाँकी देखिएको छ।

गत वर्षबाट २ लाख ५ हजार २५ रुपैयाँ मात्रै जिम्मेवारी सरिआए पनि यो वर्ष मात्रै १ करोड ८७ लाख ३९ हजार १६ रुपैयाँ ६६ पैसा लगत थपिएको थियो। यो अवधिमा जिल्ला अदालतले १ लाख २३ हजार ४ सय २५ रुपैयाँ फछ्र्यौट गरेको स्रेस्तेदार करण सिंहले जानकारी दिए।

उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासबाट २०७५ असार ३ गते तोयराज बडूसमेत २ जनाबाट असुल उपर गर्नुपर्ने रकम १ करोड ८६ लाख ३९ हजार ७ सय ५० रुपैयाँ असुल गर्न आदेश भएअनुसार जिल्ला अदालत दार्चुलाको फछ्र्यौट गर्नुपर्ने रकम बढी देखिएको जिल्ला अदालतले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.