|

उदयपुर : ठेक्का लागेर सम्पन्न भइसक्नुपर्ने सडक अलपत्र परेपछि बेलका नगरपालिका आफैँले बनाउने भएको छ। उदयपुरको बेलका नगरपालिकाको  तपेश्वरी, भागवलपुर, रामपुर सडक नगरपालिका आँफैँले बनाउने भएको हो।

राष्ट्रिय ग्रामिण यातयात सुदृढीकरणले २०७३ साल भदौ १४ गते ठेक्का दिएर २०७४ भदौ १४ गतेनै सम्पन्न गर्नुपर्ने सम्झौता थियो। तर, उक्त सडकमा अहिलेसम्म कामनै भएको छैन। कागजमा मात्र ठेक्का लागेर बसेको छ। त्यही नबनेको सडक नगरपालिकाकाले आफैँले बनाउन लागेको बेलका नगरपालिका नगरप्रमुख दुर्गाकुरमा थापाले जानकारी दिए। ‘राष्ट्रिय ग्रामिण यातयात सुदृढीकरण कार्यलयक्रले समयमै काम गरेन,’ उनले भने, ‘पछि त्यही कार्यक्रम पनि फ्रेजआउन भयो, अनि अहिले नगरपालिका आँफैले काम गर्न लागेको छ।’

राष्ट्रिय ग्रामिण यातयात सुदृढीकरणले गौरा पवित्रा जेभी गाईघाटलाई भ्याट सहित एक करोड ८३ लाख ३५ रुपैँया ४९ पैसामा ठेक्का लगाएको थियो। जम्मा २२ किलोमिटर सडकको काममा राष्ट्रिय ग्रामिण यातयात सुदृढीकरण कार्यक्रमले  हेरालु मात्र राख्ने काम गरेको नगर प्रमुख थापाले जानकारी दिए। ‘अहिलेसम्म सडक हेरालु मात्र राख्ने काम भएको छ, अरू काम राष्ट्रिय ग्रामिण यातयात सुदृढीकरण कार्यक्रम गरेन, उनले भने, ‘दुई करोडको लागतमा नगरपालिकाले आफैँ बनाउने गरी योजना बनाएको छ।’

राष्ट्रिय ग्रामिण यातयात सुदृढीकरण कार्यक्रमको ठेक्का सम्झौतामा सडक ग्रभेल, पाईप, कल्भर्ट राख्ने शर्त थिए। तर, काम नै नभएपछि उक्त सडक दिनप्रतिनि जिर्ण बन्दै गएको छ। बेलका नगरपालिका २ का वडा सदस्य कुमारप्रसाद अधिकारीले सडकको ठेक्का लाग्दा पनि काम नहुनुले दुखी बनाएको बताए। ‘वर्षौदेखि कच्ची सडक बन्छ भन्ने आश थियो,’ उनले भने, ‘ठेक्का लाग्दा होडिङ वोर्ड मात्र बन्यो सडक बनेन्।’ राष्ट्रिय ग्रामिण यातयात सुदृढीकरण कार्यक्रमले तपेश्वरीको आम्वासीमा होडिङ बोर्ड मात्र राखेको छ। विकास निर्माणका योजनाहरु अलपत्र हुने एक प्रवृत्ति तपेश्वरी, भागवलपुर, रामपुर २२ किलोमिटर सडकमा देखिएको सर्वसाधरणको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.