|

जाजरकोट : चार वर्ष पहिले जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटरहरू कामविहीन भएका छन्।

विषयगत शिक्षकको अभाव र प्रयाप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुँन नसकेको हो। कम्प्युटर पाएका विद्यालयले विषयगत शिक्षक नहुँदा किताब भट्याएर विद्यार्थीहरूलाई पढाउँने गरेका छन्। कार्यालयले उपलब्ध गराएको कम्प्युटरहरू खोल्ने र बन्द गर्नेबाहेक अन्य काम नभएको विद्यालयले बताएका छन्।

जाजरकोट सबै माविहरूमा दुई थान कम्प्युटर उपलब्ध गराएर विद्यार्थीहरूलाई अभ्यास गराउने उद्देश्य राखे पनि दक्ष शिक्षक नहुँदा ढाटैबाट कम्प्युटर हेर्नुबाहेक अन्य काम नभएको जानकी मावि मैदेका स्थानीय जगत गिरीले बताए। स्थानीय सरकारले पनि नमुना विद्यालय बनाउने भन्दै विभिन्न कार्ययोजना अगाडि सारेका छन्, तर कम्प्यूटर शिक्षक र सीमित कम्प्युटरका कारण समस्या भएको विद्यालयले जनाएका छन्।

शिक्षक बिनाका कम्प्युटर बन्द कोठाका साथी भएको शिक्षकहरूको भनाइ छ। विद्यालयमा आम्दानीको स्रोत नहुँदा निजी स्रोतबाट कम्प्युटर शिक्षक राखेर पढाउँन नसकिएको नलगाड नगरपालिका-८ स्थित पञ्च भयार माविका प्रधानाध्यापक हुमप्रकास सिंहले बताए। प्रावि तहका शिक्षकहरूको भरमा मावि तह सञ्चालन गर्नुपर्ने जाजरकोटका अधिकांश विद्यालयको बाध्यता रहेको छ।

प्रयाप्त शिक्षक दरवन्दी नहुँदा अधिकांश विद्यालयले निजी स्रोतबाट शिक्षक राखेर विद्यालय सञ्चालन गदै आएका छन्। स्थानीय वन उपभोक्ता समूह, स्थानीय स्थानीयबासीले संकलन गरेको चन्दा, विकास निर्माणबाट आएको रकमबाट विद्यालय चल्दै आएको सरस्वती मावि बारेकोट गाउँपालिका-५ का प्रधानाध्यापक मनबहादुर सिंहले बताए। उनले थपे, 'हाम्रा समस्य अनेक खालका छन्, विद्यालयको आन्तरिक स्रोत केही छैन, कसरी मावि तह सञ्चालन गर्ने?'

सरकारले विषय मात्र थप्ने तर सो विषय अनुसारको दरवन्दी नदिदा काम गर्न चुनौती भएको विद्यालय व्यवस्थापन समितिले बताएका छन्। जाजरकोटमा ६४ वटा मावि, २२ वटा उच्च माविमा, केही निमाविमा समेत कम्प्युटर भट्याएर उढाउँदै आइएको छ। जिल्ला शिक्षा समन्वय इकाइका इकाइ प्रमुख सुधिनराज बुढाथोकीले भने “अब स्थानीय तहले व्यवस्थापन गर्नु पर्‍यो, कुनामा कम्प्युटर थन्क्याएर राख्नुभन्दा सदुपयोग गर्न स्थानीय सरकार सक्रियाता साथ लागेर नतिजा मुखी बनाउनु अहिलेको आवश्यकता हो।'

अहिले अधिकांश विद्यालयमा रहेका कम्प्युटरहरू भिडियो हेर्न र फेसबुक चलाउन मात्र प्रयोग भएको देखिन्छ। प्रत्येक माविमा दूरसञ्चार प्राधिकरण र वल्र्डलिंकको सहकार्यमा इन्टरनेट जडान गरे पनि विद्यार्थीले प्रयोग गर्न पाएका छैनन्।

कम्प्युटर शिक्षालाई प्रभावकारी बनाउन स्थानीय सरकार र केन्द्र सरकारले ध्यान नदिने हो भने लाखौँको रकम बालुवामा पानी जस्तै हुने निश्चित भएको भेरी नगरपालिका-१ रिम्नाका गगनबहादुर खड्काले बताए। सरस्वती मावि सीमाका कक्षा ७ मा पढ्ने छात्र सूर्य शाही भन्छन् 'सरले अगाडि आएर किताब भट्याउनुहुन्छ, हामीलाइ केही थाहा हुँदैन, अहिलेसम्म कम्प्युटर समात्न नपाएरै परीक्षा दिन लागिएको छ।'

कम्प्यूटर पढाउने शिक्षकलाई समेत कम्प्युटरको ज्ञान नभएर पढाउदा शिक्षा लिने विद्यार्थीहरूले कसरी शिक्षा आर्जन गरेका होलान्? अहिले चर्चाको विषय बन्न पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.