|
शतक प्रहार गरेपछि उस्मान ख्वाजा

भारत र अष्ट्रेलियाबीच भइरहेको पाँच खेलको एकदिवसीय प्रतियोगिताको अन्तिम खेलमा अष्ट्रेलियाले भारतलाई २७३ रनको लक्ष्य दिएको छ।

भारतको फिरोजशाह कोटला मैदान दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली अष्ट्रेलियाले उस्मान ख्वाजाको शतकीय पारीसँगै २७२ रनको लक्ष्य तयार पारेको हो।

अष्ट्रेलियाका ख्वाजाले १०० रनको योगदान गरे। यस्तैगरी पिटर ह्यान्ड्कम्बले ५२ रन बनाए।

भारतका भुवनेश्वर कुमारले अष्ट्रेलियाको ३ विकेट लिए। २७३ रनको लक्ष्य पछ्याइरहेको भारतले ६ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ३१ रन बनाएर खेलिरहेको छ।

दुवै टोलीका लागि श्रृंखला आफ्नो पक्षमा पार्नका लागि आजको खेल उत्तिकै महत्वपूर्ण छ। पाँच खेलको श्रृंखला दुई-दुईको बराबरीमा छ।

यसअघि भारतले पहिलो र दोस्रो तथा अष्ट्रेलियाले तेस्रो र चौथो खेल जितेका थिए। एकदिवसीय श्रृंखलाअघि भएको ट्वेन्टीट्वेन्टी श्रृंखला भने पाहुँना टोली अष्ट्रेलियाले दुई शून्यले जितेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.