|

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका– ४ मनहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुधबार एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडाकी २५ वर्षीया प्रतीक्षा भण्डारी रहेकी छन्।

स्कुटरपछाडि सवार भण्डारी गम्भीर घाइते भएको र उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए। पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ४८५६ नम्बरको ट्रक र सोही दिशाबाट आउँदै गरेको ग८प १८६५ नम्वरको स्कुटर ठोक्किएको हो।

त्यस्तै, स्कुटर चालक दुलेगौंडाकै दुर्गा तिमिल्सेना अधिकारी घाइते भएकी छिन्। उनको दमौली अस्पतालमा उपचार भइरहेको छ। घाइते अधिकारी थर्पु स्वास्थ्य चौकीको हेल्थ असिस्टेण्ट हुन्। ठक्कर दिने ट्रक नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.