|

युरोपेली संघ इयूबाट बेलायत बाहिरने प्रकृया ब्रेक्जिटसम्बन्धी प्रधानमन्त्री थेरेसा मेको प्रस्ताव अस्वीकृत भएसँगै बेलायती संसदमा फेरि अर्को मतदान हुँदैछ। बेलायती सांसदहरूले ब्रेक्जिट रोक्ने वा नरोक्ने भन्ने विषयमा बुधबार राति मतदान गर्दैछन्।

उनीहरूले यही मार्च २९ मा बेलायतलाई बिनासम्झौता इयुबाट बाहिरिनबाट रोक्ने की नरोक्ने भन्ने विषयमा मतदान गर्न लागेका बिबिसीले जनाएको छ। बेलायती सांसदहरूले गएराति भएको मतदानबाट ब्रेजिक्ट सम्झौताबारे प्रधानमन्त्री मेको संसोधित मस्यौता दोस्रो पटक अस्वीकृत गरिदिएका थिए।

प्रस्तावको विपक्षमा ३ सय ९१ मत परेको थियो भने पक्षमा २ सय ४२ जनाले मतदान गरेका थिए। आफ्नो प्रस्ताव असफल भएपछि पनि प्रधानमन्त्री मेले आफूले देशको आवाजलाई बुझेको प्रतिक्रिया दिएकी छन्।

निकै भावुक भएकी मेले भनिन् - 'मसँग आफ्नै विचार नहुन सक्छ, तर म देशको भावना बुझ्न सक्छु' मेले थपिन् – 'मानिसहरू ईयू छोड्न चाहन्छन्, स्वतन्त्र आन्दोलनको अन्त्य गर्न चाहन्छन्, उनीहरू आफ्नै व्यापार नीति चाहन्छन्, यो देशमा कानुन बनाउन चाहन्छन् र हाम्रो अदालतमा न्याय गर्न चाहन्छन्, यो त्यो सम्झौता हो जो म जारी राख्न चाहन्छु।' मेले आफूले कुनै सम्झौताबिना इयूबाट बाहिरिने कुरामा मतदान गर्ने बताए।

बेलायत अझै पनि राम्रो सम्झौताका साथ ईयू छोड्न सक्ने भन्दै उनले कुनै सम्झौताबिना इयूबाट बाहिरनका लागि मतदान गर्ने बताए। मेको प्रस्ताव बेलायती सांसदहरूले अस्वीकृत गरेपछि इयुका कतिपय नेताहरूले भने निराशा व्यक्त गरेका छन्। सहमतिबिना इयूबाट अलग हुने विषय संसदबाट अस्वीकृत भएमा बेलायतले इयूसँग इयूबाट बाहिनका लागि समय थप गर्ने प्रस्ताव गर्न सक्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.