|

अष्ट्रेलियाले भारतविरुद्धको पाँच खेलको वानडे सिरिजमा पनि कब्जा जनाएको छ। शुरुका खेलमा २-० ले पछि परेको अष्ट्रेलियाले अन्तिम तीन खेल जित्दै वानडे सिरिज पनि आफ्नो कब्जामा लिएको हो। यसअघि अष्ट्रेलियाले भारतविरुद्धको टी-२० श्रृंखला जितेको थियो।

बुधबार दिल्लीमा भएको सिरिजको पाँचौँ खेलमा अष्ट्रेलियाले भारतलाई ३५ रनले पराजित गरेको हो। दिल्लीको फिरोज शाह कोटला मैदानमा भएको अन्तिम खेलमा जीत निकाल्दै सिरिजमा अष्ट्रेलियाले ३-२ ले भारतलाई पराजित गरेको हो।

पाँचौँ खेलमा अष्ट्रेलियाले पहिले ब्याटिङ गरेको थियो। जहाँ अष्ट्रेलियाले २७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य पछ्याएको भारत २३७ रनमा अल आउट भएको थियो।

अष्ट्रेलियाको ब्याटिङमा उस्मान ख्वाजा, पिटर हैन्डसकाम्ब  र स्पिनर एडम जाम्पाको प्रदर्शन उत्कृष्ट रहेको थियो।

ख्वाजाले १०० रन बनाएका थिए भने हैन्डसकाम्बले ५२, जए रिचर्डसनले २९ र आरोन फिन्चले २७ रन जोडेका थिए।

भारतका लागि भुवनेश्वर कुमारले ३, मोहम्मद शामी र रवीन्द्र जडेजाले २-२ विकेट लिएका थिए।

अष्ट्रेलियाले दिएको २७३ रनको लक्ष्य पछ्याएको भारतका लागि ब्याट्सम्यानहरू खासै जम्न सकेनन।  रोहित शर्माले ५६ रन, भुवनेश्वर कुमारले ४६, केदार वाधवले ४४ रन जोडे भने अन्य खेलाडीले  खासै राम्रो ब्याटिङ गर्न सकेनन।

भारतको बलियो ब्याटिङ लाइन धराशयी बनाउने क्रममा अष्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिएका थिए। त्यसैगरी मर्कस स्टोनिस, जए रिचर्डसन र प्याट कुमिन्सले २-२ विकेट लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.