|

डोल्पा : पहिरोको कारण दुई सातादेखि अवरुद्ध जाजरकोट–डोल्पा सडकखण्ड सञ्चालनमा आएको छ। डोल्पा र रुकुम पश्चिमको सिमानामा पर्ने खदाङ–गोतामकोट खण्डमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो।

सडक सञ्चालनमा ल्याउन त्रिपुरासुन्दरी नगरपालिकाको आफ्नै डोजर प्रयोग गरिएको थियो। सडक खुलेपछि यातायातका साधनहरु सञ्चालनमा आएका छन्। निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको त्रिपुरासुन्दरी नगरपालिका–५ का जयकृष्ण उपाध्यायले बताए।

यसअघि खदाङदेखि रुकुम पश्चिममा पर्ने गोतामकोटसम्म जिप सेवा सञ्चालन भए पनि सडक अवरुद्ध भएका कारण गाडी परिवर्तन गरेर यात्रा गर्नुपर्ने बाध्यता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.