|

कठमाडौं  :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित नेपालकै प्रतिष्ठित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्राडा. राजकुमार रौनियारले विगतदेखि गर्दै आएका अनियमितता तथा  घोटालाका सम्बन्धमा विस्तृत छानबिन गरी कारबाहीका लागि अख्तियार दुरुपयोग  अनुसन्धान आयोगमा पठाइएको छ।

प्रतिष्ठानमा विगतदेखि भएका अनियमितताका सम्बन्धमा विभिन्न सञ्चार माध्याममा आएका तथा सरकारले गठन गरेका दुईवटा समितिको छानबिन प्रतिवेदनका आधारमा माननीय उपप्रधानमन्त्रीस्तरबाट निर्णय गरी अख्तियारमा पठाइएको हो।

माननीय उपप्रधानमन्त्रीस्तरबाट मंगलबार गरिएको निर्णयअनुसार कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको हो। अनियमितता तथा घोटालाका सम्बन्धमा प्रतिष्ठानका उपकुलपतिले सम्पादन गरेका अनियमित कार्यहरूको छानबिन प्रतिवेदनसमेत पेस गरिएको छ। 

प्रतिष्ठानका सहकुलपतिसमेत रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गत १७ फागुनमा बसेको प्रतिष्ठानको सिनेट बैठकमा डा रौनियारलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.