राजनीति

बन्दले उदयपुरमा स्कुल र यातायात बन्द, कटारीमा भेटियो बम
SHARES

फागुन ३०, २०७५

    उदयपुर : ‘आज बोर्डिङ बिदा छ। नेपाल कम्युनिष्ट पार्टीको बन्द रे,’ बिहीबार बिहान करिब ९ बजेतिर गाईघाटको सगरमाथा मोडेल बोर्डिङ स्कुलका शिक्षक पदम राई फोनमा अभिभावकलाई भन्दै दिए। ‘के गर्नु अभिभावहरुले के को बिदा भनेर हैरान पार्नु हुन्छ,’ उनले भने, ‘नेकपाको विप्लवको बन्द भन्ने हल्ला आएको छ। स्कुल खुला गरौँला तर, एक्कासी आक्रमण भयो भने क्षतिको जिम्मेवारी कसले व्यहोर्ने?’

    ६/७ वर्षअघिसम्म नेपालमा बन्द, हड्ताल र चक्काजाम हुन कुनै नौलो थिएन। पहिले जस्तो दिनहुँ बन्द नभए पनि बेलाबेला असन्तुष्ट राजनीतिक समूहको बन्दले सर्वसाधरणले दुःख पाइरहेका छन्। ‘बजार पुरै बन्द हुँदैन,’ स्थानीय सुजात कार्कीले भनिन्, ‘तर, बोर्डिङ स्कुलहरु अधिकांश बन्द हुँदै आएका छन्।’

    विप्लव नेकपाले बिहीबार आह्वान गरको बन्दले उदयपुरका बजार क्षेत्रका अधिकांश निजी विद्यालय बन्द छन्।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुुसार कटारी नगरपालिका–२ देवीधापस्थित सडकमा सुतली बम फेला परेको थियो। इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक ललन कुर्मीले भने, ‘बम नेपाल सेनाले निस्कृय गरिसक्यो।’

    बन्दले उदयपुरको जनजीवन प्रभावित भएको छ। बन्दका कारण सदरमुकाम गाईघाटका साथै कटारी, बेलटार, रामपुरबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन्। त्यसैगरी ग्रामीण क्षेत्रबाट सञ्चालन हुने सम्पूर्ण यातायात ठप्प भएको प्रहरीले जनाएको छ।

    ‘गाडी चलउँला जंगलमा बसेर बम प्रहार भयो भने के गर्ने,?’ कटारी–सोरुङ सडकखण्डमा जिप सञ्चालन गर्दै आएका सानु विष्टले भने, ‘गाउँमा प्रहरी हुँदैन, समस्या हुन्छ, बन्दकर्ता पनि हिजो आज गाउँमै केन्द्रति हुन थालेका छन्।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]