|

धनगढी : बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले कैलालीको मसुरियामा बसमा आगजनी गरेका छन्। गौरीगंगा नगरपालिको वडा नम्बर ८ र ४ को बीचमा रहेको जंगलमा विवाहको बसमा आगजनी गरिएको हो। 

कैलालीको भजनीमा जन्ती पुर्‍याएर आएको म १ ख ४४१ नम्बरको बसमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगजनीबाट बस क्षति भएको छ।

कैलालीकै घोडाघोडी नगरपालिका–२ साडेपानीमा ट्रक तोडफोड गरिएको छ। हेटौँडाबाट धनगढी आउँदै गरेको ना ७ ख ५४० नम्बरको मालवाहक ट्रक तोडफोड गरिएको प्रहरीले जनाएको छ।

शंकास्पद वस्तु फेला

कैलालीका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ। जोशीपुर गाउँपालिका–५ को वडा कार्यालय छेउ र घोडाघोडी नगरपालिका–३ साडेपानीमा शंकास्पद वस्तु फेला हो।

शंकास्पद वस्तु फेला परेको सूचना प्राप्त भएलगत्तै सेनालाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए।

तीन जना नियन्त्रण

सार्वजनिक सवारी साधन रोकिरहेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गोदावरी नगरपालिका नजिकबाट तीन जना नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.