|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताले पार्टीको आन्तरिक एकताबारे असन्तुष्ट नेतासँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रकै असन्तुष्ट नेताहरुसँग छलफल गरेका हुन्।

ओली र प्रचण्डले नेताहरु वामदेव गौतम, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ। नेतृत्वको कार्यशैली र एकताको ढिलाइले असन्तुष्ट बनेका तीनजना नेतासँग अध्यक्षद्वयले छलफल गरेका हुन्। ओली र प्रचण्डले आजै प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पनि छलफल गर्ने तयारी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.