|

जम्मु कास्मिर क्षेत्रमा क्रियाशील जैश ए मोहम्मदका प्रमुख मसूद अजहरलाई आतंकवादी घोषणा गर्ने अमेरिकासहितका देशको प्रस्तावमा चीनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा विशेषाधिकार प्रयोग गरेको छ।

मसुद अजहरलाई आतंकवादी घोषणा गर्ने अमेरिका, बेलायत र फ्रान्सको प्रस्तावमा चीनले भिटो प्रयोग गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। चीनले यथेष्ट प्रमाण नभइकन निर्णय लिन नहुने तर्क अघि सारेको छ। प्रमाण पेश गर्न चीनले आग्रह गरे पनि भारतले सहयोगी देशलाई प्रष्ट प्रमाण उपलव्ध नगराएको र आधारहीन तरिकाले आरोप लगाएकाले भिटो प्रयोग गरेको चीनले जनाएको छ।

चीनले यसअघि पनि मसूदलाई आतंकवादी घोषणा गर्ने प्रस्ताव तीन पटक असफल पारेको थियो। फेबु्रवरी १४ मा भारत प्रशासित कास्मिरको पुलवामामा ४४ जना सुरक्षाकर्मीको ज्यान जान गरी भएको आत्मघाती आक्रमण अजहरको संगठन जैश ए मोहम्मदले गरेको भारतको आरोप छ। 

चीनले भिटो प्रयोग गरेपछि भारतको परराष्ट्र नीतिको आलोचना भएको छ। कमजोर विदेश नीतिका कारण आतंकवादी घोषणा गर्न नसकेको भन्दै विपक्षीले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.