समाज

मालपोतमा नयाँ फारम भर्ने कार्यक्रमको कार्यान्वयनमा समस्या
SHARES

फागुन ३०, २०७५

    बाग्लुङ : मालपोत कार्यालय बागलुङमा सेवाग्राहीका लागि नेपाल सरकारले शुरुआत गरेको नयाँ फारम कार्यान्वयनमा समस्या देखिएको छ। लेखापढी कानूनी व्यवसायीले गर्दै आएका मालपोतको काजपत्रको काम सेवाग्राही आफैँले गर्ने गरी बनाइएको नियम कार्यान्वयनमा समस्या देखा परेको हो।

    मालपोत कार्यालयमा गत पुस २२ गतेदेखि लागू हुने गरी सेवाग्राही आफैँले फारम भर्ने व्यवस्था लागू गरिएको भए पनि फागुनको अन्तिमसम्म पनि लेखापढी व्यवसायीले नै काम गर्दै आएका छन्। कार्यालयले सेवाग्राहीलाई कामका लागि भर्नुपर्ने फारम उपलब्ध गराउन सकेको छैन्। कार्यालयको अनलाइन प्रविधिमार्फत सबै काम हुने भएकाले सेवाग्राही आफैँले अनलाइनमार्फत फारम लिएर भर्नुपर्ने व्यवस्था रहेको मालपोत कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद शर्माले बताए। कार्यालयले फारम उपलब्ध गराउन नसक्नुको फाइदा उठाउँदै लेखापढी व्यवसायीले पुरानै शैलीमा काम गरिरहेका छन्।

    नयाँ नियम शुरुआत भएको केही दिनसम्म कार्यालय प्रवेशमा रोक लगाइएका लेखापढी व्यवसायीले पछिल्लो समय निर्वाध रुपमा कार्यालय परिसरमा बसेर सेवाग्राहीका काम गर्ने गरेका छन्। कार्यालय प्रमुख शर्माले भने 'सेवाग्राही आफैँले उहाँहरुलाई खोजेर ल्याउनुहुन्छ हामीले नयाँ फारममा नै काम गरिरहेका छौँ,उहाँहरुले जसरी ल्याउनु हुन्छ, त्यसैगरी काम हुन्छ।'

    सेवाग्राहीले आफैँले फारम भर्दा वा लेखापढी व्यवसायीले फारम भर्दा दुवै अवस्थामा कार्यालयले काम गरिरहेको शर्माको जवाफ थियो। सरकारले बनाएको नयाँ फारममा केही नयाँ महलको व्यवस्था गरिएकाले पनि सेवाग्राही समस्यामा पर्ने गरेका छन्। सर्वसाधारणलाई फारमको विषयमा जानकारी नहुँदा लेखापढी व्यवसायीकै सहायता लिएर काम गर्ने गरेका छन्। जग्गाको रजिष्ट्रेश, धितो रोक्का फुकुवा,लिलामलगायतका काम मालपोत कार्यालयमार्फत हुने गरेका छन्। दैनिक २५ देखि ३० सेवाग्राहीको काम हुने कार्यालयमा अधिकांश काम लेखापढी व्यवसायीमार्फत नै हुने गरेका छन्।

    आफ्नो जमीन अर्कैको कित्तामा परेपछि सच्चाउनका लागि लेखापढी व्यवसायी खोज्दै हिँडेका सेवाग्राही सोम पाठकले भने'मालपोतको फारम भरेर बस्ने समय छैन, व्यवसायीलाई लिएर गएपछि तत्कालै काम बन्छ आफैँले गरे हुने हो तर उहाँहरुमार्फत काम गर्दा समय बच्छ।' लेखापढी व्यवसायीले कार्यालय परिसरभित्र र बाहिर बसेर सेवाग्राहीका काम गर्दै आएका छन्।

     गत पुस २२ गतेदेखि बागलुङसहितका केही जिल्लाबाट शुरु भएको नयाँ नियमका कारण लेखापढी व्यवसायीको रोजीरोटी गुमेको भन्दै उनीहरु आन्दोलित भएका थिए। कार्यालय परिसरमा बसेर काम गर्दै आएका व्यवसायीलाई सोही मितिदेखि लागू हुने गरी काम नगर्न भन्दै कार्यालयले सूचनासमेत प्रकाशित गरेको थियो।

    नयाँ नियम कार्यान्वयनमा आएको दिनदेखि नै आन्दोलनमा रहेका लेखापढी व्यवसायीले एक साता पनि नबित्दै पुरानै तवरले काम शुरु गरेका थिए। कार्यालयले पछिल्लो समय लेखापढी व्यवसायीलाई कुनै पनि बन्देज लगाएको छै। मालपोत अधिकृत शर्माले भने

    'हामीकहाँ हुने काम एजेण्टको जस्तो होइन,उहाँहरुले कागज पत्र बनाएर ल्याउने मात्रै हो,काम गर्ने कर्मचारीले नै हो कार्यालयभित्र आउने सेवाग्राही र लेखापढी व्यवसायीको अधिकार समान हुन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]