स्वास्थ्य

उपकुलपति प्राडा राजकुमार रौनियार पदमुक्त
SHARES

फागुन ३०, २०७५

     काठमाडौं :  सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई पदबाट हटाएको छ। प्रतिष्ठानका सहकुलपति समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिसको आधारमा कुलपति एवं प्रधानमन्त्री केपी शर्माओलीले रौनियारलाई पदबाट हटाउने निर्णय गरेका हुन्।

    यसअघि फागुन १६ र १७ गते बालुवाटारमा बसेको प्रतिष्ठानको संचालक समिति (सिनेट) बैठकले सर्बसम्मतिबाट प्रतिष्ठानका उपकुलपति पदबाट डा रौनियारलाई हटाउने निर्णय शिफारस गर्ने निर्णय  गरेको थियो। सिनेटको सोही निर्णयको आधारमा स्वास्थ्य मन्त्री यादवले उपकुलपति रौनियारलाई पदबाट हटाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए। सिनेट बैठकको निर्णय कार्यान्वयनको लागि सहकुलपतिले प्रधानमन्त्रीसमक्ष सिफारिस गर्ने र सोही आधारमा निर्णय हुने प्रावधान रहेको छ ।

     सहकुलपतिसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिसमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले रौनियारलाई पदमुक्त गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]