राजनीति

विप्लवलाई सहयोग गर्नेलाई पनि कारबाही हुन्छ : मन्त्री बाँस्कोटा
SHARES

फागुन ३०, २०७५

    काठमाडौं : सरकारले नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्यनिस्ट पार्टीलाई सहयोग गर्ने व्यक्ति, संस्था र समूहलाई कारबाही गर्ने निर्णय भएको गरेको छ। सरकारीले नेकपाका गतिविधि नियन्त्रण गर्न भन्दै गत मंगलबार पार्टीमाथि प्रतिबन्ध लगाएको थियो।

    संविधान कार्यान्वयन गर्न, जनताको लामो संघर्षबाट आएको लोकतन्त्रलाई खलल पुर्‍याउँदै नेकपाले केही समययता अपराधिक तथा विध्वंसात्मक कार्य गर्दै आएको मन्त्रिपरिषद्का निर्णय सार्वजनकि गर्न आयोजित पत्रकार सम्मलेनमा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बताए। अपहरण धम्की, बम विस्फोट, जनजीवनमा त्रास फैलाउने, कर्मचारी र जननिर्वाचित प्रतिनिधिलाई धम्की दिने गरेको भन्दै सरकारले उसका गतिविधिमा प्रतिबन्ध लगाएको मन्त्री बाँस्कोटा भनाइ थियो। उनले नेकपाले संचार सेवालाई निशानामा राखेर विस्फोट गर्ने गरेको समेत बताए।

    मन्त्रिपरिषद्ले अवैध हातहतियार र खरखजानाको नियन्त्रण गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, सरकारले हातहतियार र खरखजाना सेना र नजिकको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गर्ने भएको छ। हातहतियार बुझाउनेलाई कुनै किसिमको कारबाही नहुने मन्त्री बाँस्कोटाले बताए। उनले जसको नाममा हातहतियार दर्ता भएको हो उसको मृत्यु भए त्यस्ता हतियार पनि सरकारलाई बुझाउन सक्ने सरकारले निर्णय गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]