छापा

अझै दर्ता भएनन् यातायात समितिहरु, अन्तिम मौकासहित सरकारको चेतावनी
SHARES

File Photo
चैत १, २०७५

    काठमाडौं  : सरकारले तीन महिनाभित्र कम्पनीमा दर्ता हुन यातायात समितिहरुलाई पुनः आह्वान गरेको छ।

    संघ संस्था ऐनअनुसार दर्ता भएका सबै समिति कानुन बमोजिम खारेज भएको जानकारी गराउँदै सरकारले उक्त आह्वान गरेको हो भन्ने खबर कान्तिपुर दैनिकमा छ।

    कम्पनी ऐनको दफा ९ लाई संशोधन गरेर समितिलाई प्रालिमा दर्ता हुन आह्वान गरेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायले जानकारी दिए। यातायात व्यवसायीका लागि मात्र उक्त दफा संशोधन भएको हो, अन्यका लागि होइन,’ उनले भने, ‘संघसंस्था ऐन अन्तर्गत दर्ता भएकालाई एक पटकका लागि सरकारले मौका दिएको हो ’ तोकिएको म्यादभित्र दर्ता नभए स्वतः खारेज हुने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]