|

काठमाडौं : २०७३ सालको लैंगिक समानता पत्रकारिता पुरस्कार पत्रकारद्वय धिरेन्द्र प्रेमर्षी र बबिता बस्नेतलाई प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघले अमेरिकामा क्रियाशील संस्था मदरल्यान्ड नेपालको सहकार्यमा स्थापना गरेको उक्त पुरस्कार बिहीबार सभामुख ओन्सारी घर्ती मगरले प्रदान गरिन्।

पुरस्कारको राशी जनही ४० हजार रुपैयाँ रहेको छ। कार्यक्रममा सभामुख ओन्सरी घर्ती मगरले पुरस्कृत पत्रकारलाई बधाई व्यक्त गर्दै महिला हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा नेपाल पत्रकार महासंघले प्रदान गरेको लैंगिक समानता पत्रकारिता पुरस्कार अर्थपूर्ण रहको बताइन्। उनले लैंगिक समानताका क्षेत्रमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने हुँदा सञ्चारमाध्यमले यसमा विशेष ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पुरस्कृत पत्रकारहरुलाई बधाई दिँदै लैंगिक समानताका लागि महिलाहरुलाई पत्रकारिता पेशामा प्रोत्साहन गर्नुका साथै पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिका लागि समेत महासंघ कृयाशील रहेको बताए।

पुरस्कृत पत्रकार धिरेन्द्र प्रेमर्षी र बबिता बस्नेतले पुरस्कारले आफूहरुलाई यो क्षेत्रमा लाग्न अझै उत्प्रेरित बनाएको धारण राखे। कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की तथा मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले लैंगिक समानताका विषयमा आफ्नो धारण राखेका थिए।

लैंगिक समानताका क्षेत्रमा लामो समयदेखि कलम चलाए वापत पत्रकारद्वय बस्नेत र प्रेमर्षीलाई पुरस्कारका लागि छनौट गरिएको छनौट समितिका संयोजक अनिता विन्दुले जानकारी दिइन्। पुरस्कार छनौट समितिमा महासंघका तर्फबाट उपाध्यक्ष अनिता विन्दु, सचिव संगीता खड्का र कोषाध्यक्ष सूर्यमणि गौतमका साथै मदरल्यान्ड नेपालका तर्फबाट जीवन पाण्डे तथा विषय विशेषज्ञका रुपमा कपिल काफ्ले थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.