|

विराटनगर : पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा भारतसँग भारी गोल अन्तरले पराजित माल्दिभ्सले  श्रीलंकासँग खेल्दैछ। 

समूह चरणबाट अघिल्लो चरण पुग्नका लागि माल्दिभ्सले आज जित्नैपर्ने दबाब छ। श्रीलंकाका लागि पाँचौं साफको यो पहिलो प्रतियोगिता हो। विराटनगरस्थित सहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुने प्रतियोगितामा दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन्। पहिलो खेलमा माल्दिभ्स भारतसँग  ६–० ले पराजित भएको थियो। त्यसैले सेमिफाइनलको सम्भावना जीवित बनाउन माल्दिभ्सलाई जित बाहेक अन्य विकल्प छैन। माल्दिभ्स ‘गर या मर’ को स्थितिमा रहेको छ ।
श्रीलंकासंग पराजित भए माल्दिभ्स बाहिरिने छन्। र, एक खेल अगाबै श्रीलंका र भारतले सेमिफाइनलमा स्थान बनाउने छन्। माल्दिभ्सले श्रीलंकालाई पराजित गरे अन्तिम खेलपछि सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छन्। समूह चरणको अन्तिम खेलमा भारत र श्रीलंका खेल्ने छन्।

समूह ‘बी’ मा भारत ३ अंकसहित शीर्ष स्थानमा छ। माल्दिभ्स र श्रीलंका अंकविहीन छन्। महिला साफ अन्तर्गत समूह ‘ए’ बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन्। यद्यपि समूहको शीर्ष स्थानमा रहनका लागि नेपाल र बंगलादेशले भोलि प्रतिस्पर्धा गर्दैछन्। नेपाल, भारत र बंगलादेश यस पटकको उपाधि आफ्नो पोल्टामा पार्न कसरत गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.