|

काठमाडौं : दोलखाको लामाबगरस्थित सिनो हाइड्रो कम्पनीको बस दुर्घटना हुँदा दुईजनाको  मृत्यु भएको छ। 

बा ४ ख ४५७३ नम्बरको भाडाको बस शुक्रबार बिहान करिब ७ः ४५ बजे बजे बिगु गाउँपालिका १ नयाँबाटोबाट करिब २५ मिटर तल खसेको दोलखाका प्रहरी नायब उपरीक्षक यज्ञनन्द शाहले जानकारी दिए।

मृत्यु हुनेमा सुर्खेत चौकुने गाउँपालिका ३ का दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका ३ का हिराप्रसाद मिजार छन्। दुर्घटनामा २५ जना घाइते भएको प्रहरीको भनाइ छ।  घाइतेलाई उपचारका लागि सदरमुकाम चरिकोट ल्याइँदै गरेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.