|

न्युजिल्याण्डका दुईवटा मस्जिदमा गोली चलेको छ। न्युजिल्याण्डको क्रिस्टचर्चमा रहेको अल नुर मस्जिद परिसर भएका दुईवटा मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा केहीको ज्यान गएको न्युजिल्याण्डका सञ्चारमाध्यमले जनाएका छन्। 

गोली चलेपछि स्थानीय प्रशासनले क्रिष्टचर्चका विद्यालय र अस्पतालमा सुरक्षा सतर्कता बढाएको छ भने केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। गोली हान्ने बन्दुकधारी भने भागेका छन्। एकजनालाई पक्राउ गरिए पनि घटनामा उनको सलंग्नता पुष्टि हुन सकेको छैन। त्यो हमलामा नजिकै रहेको बंग्लादेशी क्रिकेट खेलीहरू सुरक्षित छन्। उक्त मस्जिद नजिकै बंगलादेशका क्रिकेट खेलाडी पनि थिए। खेलाडीहरू भने सुरक्षित रहेको बताइएको छ।

प्रहरीको चेतावनीपछि सो क्षेत्रमा विद्यालय र अस्पलात बन्द भएका छन्।  प्रत्यक्षदर्शीका अनुसार मस्जिदभित्र रहेका धेरैलाई गोली लागेको छ। बंग्लादेशी क्रिकेट टिम अहिले न्युजिल्याण्ड भ्रमणमा छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.