|

न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारी अनधाधुन्ध गोली चलाउँदा २७ जनाको मृत्यु  भएकाे छ। 

शुक्रबार नमाज पढ्नका लागि मस्जिदमा भीड बढेको मौका छोपेर हमला भएको हो। हमलामा कतिजना संलग्छन् छन् भन्ने प्रष्ट भइसकेको छैन। केही सञ्चारमाध्यमले भने अहिलेसम्म कम्तीमा २७ जनाको मृत्यु भएको जनाएका छन्।

न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशी क्रिकेट खेलाडी समेत मस्जिदमा पुगेका बेला उक्त हमला भएको हो। बंगलादेशी क्रिकेट खेलाडी सुरक्षित रहेको जनाइएको छ।

स्थानीय प्रहरी अधिकारी माइक बुशका अनुसार एक जनालाई नियन्त्रणमा लिइएको छ। राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जेसिन्डा आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभएको बताएकी छन्। उनले भनिन्, ‘अहिले मैले भन्न सक्ने भनेको आजको दिन न्यूजिल्यान्डको कालो दिनमध्ये एक हुनेछ।’ 

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.