|

काठमाडौं :  धरान घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका अमर केसीले दृष्टिविहीन सुशील थापा र सुनिता थापाका सन्तानको पढाईको लागि आर्थिक सहयोग गरेका छन्। केसीले दुई बच्चाहरूलाई कक्षा पाँचसम्म पढ्दा लाग्ने खर्चसमेत आफूले व्यहोर्ने वचन पनि दिएका छन्।

बच्चैमा आँखा गुमाएका थापा दम्पतीको पारिवारिक स्थिति नाजुक भएको समाचार यसअघि थाहाखबर डटकममा प्रकाशित भएपछि केसीले १० हजार पाँच सय तीन रूपैयाँ बच्चाहरूको पढाईको लागि पठाएका हुन्।

अमर केसी

सो रकम 'स्मल किड्स एकेडेमी' का प्रधानाध्यापक नानीमैयाँ नापितको हातबाट हस्तान्तरण गरिएको छ। थापा दम्पतीका दुई सन्तान मध्येका एक छोरा र एक छोरी रहेका छन्। उनीहरू 'स्मल किड्स एकेडेमी' पढिरहेका छन्। उनीहरूको पढाई एकदमै राम्रो रहेको र उनीहरूलाई विद्यालयले छात्रवृत्तिसमेत उपलब्ध गराइएको नापितले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.