|

हुम्ला : हिउँदे गाउँसभाले निर्णय गरेका योजनाहरू फोनकै भरमा विनियोजित गरेको भन्दै वडा सदस्यहरूले विरोध जनाएका छन्। बिहीबार बिहान सिमकोट गाउँपालिकामा बसेको बैठकले वडाबाट आएका योजनाहरू नसमेटिएको प्रति आपत्ति जनाएका हुन्। वडा सदस्यसमेत लाई योजना छनोटको अधिकार नदिएको उता वडा अध्यक्षदेखि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष,वडा अध्यक्षले मनोगत तरिकाले  योजना पारित गराएको भन्दै गाउँसभा बैठक बहिष्‍कार गरेको सिमकोट गाउँपालिका वडा-२ का सदस्य हुने बोहराले बताए।

आठवटा समेटेको सिमकोट गाउँपालिकामा सदस्यसरह अधिकार नदिएको कार्यालय सहयोगीको हैसियतमा राखिएको भन्दै  बिहीबारको बैठक बहिष्‍कार गरेका छन्। वडा सदस्य बोहराका अनुसार गाउँपालिकाका कर्मचारी पदाधिकारी सहितको जम्मु टोली गाउँपालिकाकै रकम खर्च गरेर हिउँदमा भ्रमण गएको बताए।

गाउँपालिकामा योजना माग गर्दा सबैको सल्लाहमा गरिन्छ उपभोक्‍ता चयन गर्दा वडा अध्यक्ष एक्लै गर्ने र आफू दुई तीन महिनादेखि जिल्लाबाहिर बस्ने निमित्तको भरमा वडा कार्यलय चलाउने, फोनका आधारमा कोडेसन दिने गरेको उनले आरोपसमेत लगाए। यस्तै वडा सातका वडा सदस्य कृष्णबहादुर शाही भने आफूहरूलाई सिमकोट गाउँपालिकाले कुनै जानकारी नदिने गरेको बताए। जनप्रतिनिधि सबैलाई जनताले नै भोट दिएर चुनेको भए तापनि वडा सदस्य र कार्यपालिका सदस्यबीच अधिकारमा भिन्नता गरेको भएका कारण हिउँदे बैठक बहिष्‍कार गरेको बताए।

 सिमकोट गाउँपालिकाले पारदर्शी काम नगरेको जनताका माग सम्बोधन नगरेकाले बहिष्कारमा बसेको शाहीले बताए। उता सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले दुई घण्टा बैठक अवरुद्ध भएता पनि बहुमतका आधारमा बैठक सम्पन्न भएको बताए । हिउँदे बैठक सकाएर आफूलाई प्रदेश सरकारको बैठकमा सहभागी हुने हतार भएका कारण बैठक छिटो बसाल्नुपरेको लामाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.