|

जनकपुरधाम : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मिडियामा आएजस्तो सरकार परिवर्तनको कुरा 'अफवाह' मात्र रहेको दाबी गरेका छन्। उनले सरकार परिवर्तन वा मन्त्रीमण्डल परिवर्तनको कुरा केही सञ्चार माध्यमको अनुमानको भरमा आएको दाबी गरेका हुन्। 

जनकपुरधामको उप–महानगरपालिकाको दूधमति पुलको शिलान्यास गर्दै उनले भने, ‘सरकार हेरफेर भइरहन्छ। यसको कुनै समय र सीमा हुँदैन, सरकार परिवर्तनको कुरा मिडियामा आए जस्तो छैन। सरकार बनेको भोलिपल्टबाटै सरकार परिवर्तन वा मन्त्रीमण्डल परिवर्तनको कुरा मिडियामा अनुमान भरमा मात्र आएको छ’ उनले थप्दै भने, ‘सरकार परिवर्तनको विषयमा मैले आज वा भोलि नै कुनै सम्भावना देखेको छैन।’

नेकपा माओवादी विप्लव नेतृत्वलाई शान्ति प्रक्रियामा ल्याउन सरकारले प्रयास गरेपनि त्यसलाई अस्वीकार गरेर दिन प्रतिदिन हिंसात्मक गतिविधिमा चन्दा आतंक बढाएकोले स्वभाविक रूपमा सरकारले आफ्ना जनतालाई सुरक्षाका लागि निगरानी बढाएको बताए। उनले भने, ‘विप्लवको हिंसात्मक गतिविधिलाई अकुंश लगाउन सरकारले कडा कदम चाल्ने निर्णय गरेको छ। त्यसैले उहाँहरूको लागि अहिले पनि वार्ताको बाटो खुल्ला छ, आउनुस् वार्ता गर्नुस्।’

पत्रकारले गरेको एक जिज्ञासामा मन्त्री महासेठले सिके राउतले विखण्डको बाटो छोडेर मूल धारमा आउने सहमति गरेकोले सहमति र भावनाविपरीत कुनै काम गरे विप्लव र सिकेमा कुनै फरक नहुने बताए। उनले विप्लवलाई सरकार प्रतिबन्ध लगाएकोमा सरकारको चर्को आलोचना भएको प्रश्नमा उनले भने, ‘देशलाई दीर्घकालीन असर पर्ने गरी कुनै पनि तत्त्वलाई बढ्न दिनुहुँदैन, त्यसमा दलहरूको आ-आफ्नो राय छ।'

उनले देशको सार्वभौमसत्तासँग जोडिएको विषयमा सल्लाह लिए पनि सबै विषयमा सबैसँग सल्लाह लिनुपर्ने कानुन प्रवाधान नरहेको स्पष्ट पारे।  पूल शिलन्यास कार्यक्रममा संघीय सांसद जूली महासेठ, प्रदेश सांसदहरू कमल साह, अनिता यादव सहितको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.