|

काठमाडौं : सरकारले संसदमा दर्ता गराएकाे वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्वन्धी व्यवस्था गर्न बनेकाे विधयेकमा रित पुर्‍यायाई ल्याएकाे वैदेशिक लगानीलाई १५ दिन भित्र स्वीकृति दिनु पर्ने व्यवस्था गरेकाेमा सम्वन्धित समितिले समय घटाएकाे छ। 

हाल एक महिनाभित्र स्वीकृति र कारण दिनु पर्ने व्यवस्था रहेकाेमा विधयेकमा १५ दिन समय कटाइएकाे थियाे। दफाबार छलफलकाे क्रममा उद्याेग तथा वाणिज्य र श्रम तथा उपभाेक्ता समितिमा रहेकाे छ। छलफलका क्रममा समितले सात दिनमा स्वीकृत गर्नुपर्ने निर्णय लिएकाे हाे।

सरकारले संसदमा दर्ता गरेको विधेयकमा १५ दिनको अवधि प्रस्ताव गरिएको थियो । तर, सांसद गगनकुमार थापाले यसलाई ७ दिनमा झार्नुपर्ने गरी संसदमा संशोधन प्रस्ताव दर्ता गराएका थिए।  

रित नपुगेको भए त्यसको जानकारी निवेदनकर्तालाई लिखित रुपमा गराउनुपर्ने व्यवस्था पनि गरिएको छ। विधेयक अनुसार लगानीकर्ताले आफ्नाे लगानीको वैधानिक स्रोत भने घोषणा गर्नुपर्नेछ। स्रोतको वैधानिकता प्रमाणित भएपछि रकम नेपाल भित्र्याउन बाटो खुल्नेछ।

विदेशी लगानी स्वीकृति अब दुई निकाय भए हुनेभएकाे छ। विधयेकमा लगानी गर्ने रकमकाे आधारमा लगानी वाेर्ड, औद्याेगिक प्रवर्द्धन बाेर्ड र उद्योग विभागले स्वीकृति दिने व्यस्था गरिएकाे थियाे। समितिले तयार पार्ने प्रतिवेदनमा लगानी बाेर्ड वा उद्याेग विभागबाट स्वीकृति दिनु पर्ने छ। छ अर्बसम्म विभागले र त्यसभन्दा माथि वाेर्डले गर्ने व्यवस्था गरिएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.