|

हेटौँडा : पश्चिमी मकवानपुरको पूर्वपश्चिम राजमार्ग नजिक ज्यामिरे बजारमा शुक्रबार बिहान बस्ती छेउमा अजिंगर फेला परेको छ।

मध्यवर्ती क्षेत्रबाट ज्यामिरेकालिका सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र प्रवेश गरेको अजिंगरलाई समातेर ल्याइएको ज्यामिरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु विष्णु गिरीले बताए। समातिएको अजिंगरलाई राप्ती खोलाको पारिपट्टि रहेको ज्यामिर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा छाडिएको वन समूहका सचिव दीपक पुलामीले बताए।

पर्सा राष्ट्रिय निकुन्ज क्षेत्रबाट मध्यवर्ती क्षेत्र हुँदै महाभारत पहाडसँग जोडिएका बस्तीमा गर्मी बढेसँगै वन्यजन्तुहरु छिर्न थालेका हुन्। मनहरी गाउँपालिका वडा नं ६, ७, ८ र ९ का बस्तीमा बाघ, निगाले चितुवा, मृग लगायतका वन्यजन्तु पस्ने क्रम बढ्दो रहेको स्थानीयहरू बताउँछन्।

केही दिनयता निरन्तर रूपमा बस्तीमा प्रवेश गरिरहेको बाघले वडा नं ८ र ९ का खोरमा पसी बाख्रा मारेको मनहरी गाउँपालिका ९ ज्यामिरेका सुजन लामाले बताए। हरेक वर्ष गर्मी लागेसँगै अजिंगर, बँदेल, मृग, जरायो, बाघजस्ता वन्यजन्तुहरू गाउँ पस्ने गरेका छन्। चालू आर्थिक बर्षमा एकदर्जनभन्दा बढी बाख्रा बाघले मारेको छ भने अघिल्लो आर्थिक बर्षमा बाघको आक्रमणमा मनहरी गाउँपालिका ७ की सरस्वती बर्तौलाको ज्यान गएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.