विश्व

प्रविधि कम्पनीमार्फत जासुसी गरिएको छैन : सी जिनपिङ
SHARES

चैत १, २०७५

    चीनका प्रधानमन्त्री ली खछ्याङले आफ्नो मुलुकका प्रविधि कम्पनीहरुलाई विदेशमा जासुसी गर्न प्रयोग नगरिएको बताएका छन। उनले विदेशी र देशभित्रका प्रतिस्पर्धी कम्पनीहरुलाई समान रुपमा व्यवहार गर्ने पनि प्रतिबद्धता व्यक्त गरे।

    वासिङ्टन र युरोपसँग प्रविधि, बजारको पहुँच तथा अरु विवादित विषयमा जारी तनाव कम गर्न चीनले उच्च नेतृत्वबाटै प्रयास गरिरहेको छ।

    बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री खछ्याङले भने, “चीनले कसैप्रति भेदभाव राख्दैन। हामी त्यस्तो काम गर्दैनौं र भविष्यमा पनि गर्ने छैनौं।” पश्चिमा मुलुकको सुरक्षा चासोलाई सम्बोधन गर्न उच्चस्तरीय प्रयासकै कडीका रुपमा प्रधानमन्त्री खछ्याङको यस्तो भनाई आएको हो।

    संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया र अरु केही मुलुकले हुवावे समेतका चिनीयाँ फर्मका प्रविधि आफ्नो देशमा प्रयोगमा निषेध गरेका छन। यी कदमले हुवावेको बजार बिस्तारमा ठूलो दबाब सिर्जना भएको छ। हुवावेले पछिल्लो समय पाँचौं पुस्ताको दूरसंचार प्रविधि सार्वजनिक गर्न अर्बौं डलर लगानी पनि गरिसकेको छ।

    हुवावेले पनि चीन सरकारका निम्ति जासुसी गरेको भन्ने पश्चिमा मुलुकको आरोपको पटकपटक खण्डन गरिसकेको छ। हुवावेकासंस्थापकले पनि विदेशी ग्राहकका गोपनीय कुराहरु चीन सरकारलाई उपलब्ध नगराइने प्रतिबद्धता व्यक्त गरेका छन।

    राष्ट्रपति सी चिनफिङको सरकारमाथि तीन दशककै तुलनामा सबैभन्दा न्यून आर्थिक वृद्धि भएसँगै संयुक्तराज्य अमेरिका, युरोप र अरु प्रमुख बजारसँगको व्यापार सम्बन्धलाई सुधार गर्न दबाब बढेको छ। चीनको आर्थिक वृद्धि गतवर्ष तीन दशकयताकै सबैभन्दा न्यून अर्थात् ६.६ प्रतिशत भएको थियो। अन्य कतिपय क्षेत्रका क्रियाकलाप पनि सुस्त हुन थालेको छ। चिनियाँ सामानको निर्यात घटेको छ भने सवारी साधनको बिक्रीमा मन्दी छाएको छ।

    चीनका प्रधानमन्त्री लीले भने, विदेशी लगानीका निम्ति बढीभन्दा बढी उद्योगहरुलाई खुला गर्न चीन तयार छ। तर उनले यस बारेमा विस्तृत विवरण दिन अस्वीकार गरे।'हामी तटस्थताको सिद्धान्तप्रति अडिग छौं र स्वदेशी एवं विदेशी कम्पनीहरुलाई समान व्यवहार गर्नेछौं,' प्रधानमन्त्री खछ्याङले बताए।

    चीनको जनकङ्ग्रेसले अमेरिकासँगको करवृद्धि युद्धलाई मत्थर बनाउने उद्देश्यले वैदेशिक लगानीको संरक्षण सम्बन्धी एउटा कानुन पनि पारित गरेको छ। नयाँ कानुनमा प्रविधि हस्तान्तरण गर्न चिनियाँ अधिकारीले कम्पनीहरुमाथि दबाब दिन नपाइने व्यवस्था गरिएको छ।

    “यो कानुनले विदेशी लगानीकर्ताको अधिकार र सरोकारलाई संरक्षण गर्नेछ, र अरु बढी विदेशी लगानी भित्र्याउन सकारात्मक वातावरण तयार गर्न सहयोग गर्नेछ,” प्रधानमन्त्री खछ्याङले भने। पछिल्लो कानुनी व्यवस्थाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चित्त बुझ्छ वा बुझ्दैन भन्ने स्पष्ट भइसकेको छैन।

    अमेरिकी र चिनिया मध्यस्थकर्ताहरु अहिले दुई देशबीचका व्यापारिक असमझदारी हटाएर नयाँ सम्झौता गर्नेगरी वार्तामा जुटिरहेका छन् तर औपचारिक सम्झौताको मिति अझै टुङ्गो लागेको छैन ।

    राष्ट्रपति ट्रम्पले दुई मुलुकबीचका धेरैजसो असमझदारी सुल्झिसकेको बताउँदै ठोस सम्झौता हुनेमा आफू पूर्ण आश्वस्त रहेको बताए।चीनले पनि व्यापार वार्ता निकै सकारात्मक रहेको र चाँडै निष्कर्षमा पुग्ने चिनिया समाचार संस्था सिन्ह्वाले चिनिया अधिकारीहरुको भनाई उद्धृत गर्दै उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]