काठकाडौं : चालु आर्थिक बर्षको सात महिनासम्ममा शोधनान्तर स्थिती (देशभित्र बाहिरिने र भित्रने रकम) ४९ अर्ब ३२ करोड रुपैयाँ घाटामा रहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा शोधानान्तर घाटा ३१ अर्ब रुपैयाले बढेको हो।
चालु आर्थिक वर्षको पहिलो महिनादेखि शोधान्तर घाटा निरन्तर उकालो लाग्दै गएकोमा छैटौ महिनाबाट ब्रेक लागेको थियो। पछिल्लो दुई महिनामा मात्रै शोधानान्तर घाटा ३६ अर्ब रुपैयाँले घटेको छ। चालु आर्थिक वर्षको पाँच महिनासम्मको स्थितीमा ८५ अर्ब ३२ करोड रुपैयाँमा पुगेको शोधानान्तर घाटा सात महिनामा भने ४९ अर्ब ३२ करोड रुपैया घाटामा रहेको छ। यसलाई अर्थमन्त्रालयले उल्लेख्य सुधार भनेको छ।
शोधानान्तर घाटाको आर्थिक वर्ष २०७५/२०६ र आर्थिक वर्ष २०७४/२०७५ को सोही महिना
तपाईंको ईमेल गोप्य राखिनेछ ।