|

काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा सरकारी खर्च गत वर्षको तुलनामा १३ अर्ब रुपैयाँले कमी देखिएको छ। सरकारले खर्च बढाउन बजेट आकार पनि बढाए पनि खर्च भने वृद्धि हुन सकेको छैन। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सात महिनाको वित्तीय स्थितीअनुसार चालु आर्थिक वर्षको सात महिनामा बैंकिङ कारोबारमा आधारित चार खर्ब १५ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। गत वर्षको सोहि अबधिमा यस्तो खर्च चार खर्ब २८ अर्ब पुगेको खर्च भएको थियो। सरकारले गत आर्थिक वर्षको तुलनामा बजेट भने ३७ अर्ब रुपैयाँले बढाएको थियो। गत आर्थिक वर्षमा १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट विनीयोजन गरिएकोमा चालु आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट विनीयोजन गरिएको थियो। 

लक्ष्य अनुसार राजश्‍व पनि वृद्धि गर्न नसकेपनि गत वर्षको तुलनामा भने वृद्धि भएको छ। गत वर्षको सोही अवधिको तुलामा प्रदेश तथा स्थानीय बाँडफाँडमा हुने रकम समेत गरी राजश्‍व २२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। सात महिना चार खर्ब ६५ अर्बको राजश्‍व उठेको छ। गत वर्ष यस्तो राजश्‍व तीन खर्ब ८१ अर्ब उठेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.