|

सिन्धुली : सुनकोशी नदीमा पौडी खेल्नेक्रममा डुबेर शुक्रवार सिन्धुलीमा एक जनाको मृत्यु भएको छ। सिन्धुलीको सुनकोशी गाउपालिका ७ कानढुङग्रे स्थित सुनकोशी नदीमा पौडी खेल्नेक्रममा डुबेर सुनकोशी गाउपालिका ६ खाल्टेका कुमार आछामीको छोरा वर्ष १७ का सन्दीप आछामीको मृत्यु भएको हो।

सुनकोशी नदीमा डुबेर सिकिस्त भएका आछामीलाई ईलाका प्रहरी कार्यालय खुर्कोका प्रहरीले उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचारका लागी पठाएको थियो। आछामीको उपचारको क्रममा शुक्रबार दिउँसो नै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्र बहादुर सिंहले बताए।

मृतक अछामि लगाएत अन्य ७ जना पौडी खेल्न गएकोमा अछामी सुनकोशी नदीमा डुब्दा मृत्यु भएको र अन्य सकुशल रहेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.