|

काठमाडौं : चालु आर्थिक वर्ष साउन देखि माघसम्मको अवधिमा पाँच अर्ब १५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) आप्रवाह भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ९ अर्ब १९ करोड रुपैयाले कमी हो।

सरकारले वैदेशिक लगनाीलाई प्राथमिकतामा राखेपनि लगानीभने निरन्तर घट्दो देखिएको छ। गत आर्थिक वर्षको सात महिनामा १४ अर्ब ३४ करोड रुपैयाँ लगानी आप्रवाह भएकोमा चालु आर्थिक वर्षमा पाँच अर्ब १५ करोड रुपैयाँ मात्रै आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।

पछिल्लो एक महिनामा एफडिआई आप्रवाह ७९ करोड रुपैयाले बढेको छ। पुस मसान्तसम्म चार अर्ब ३६ करोड रुपैयाँ आप्रवाह भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.