|
फाइल फोटो

काठामाडौं  : यो वर्षदेखि एसईई प्रश्नपत्र सातथरीको हुने भएको छ। अनिवार्य ६ विषयका प्रश्नपत्र प्रदेशअनुसार फरकफरक तयार पारिएको हो। परीक्षा सञ्चालन केन्द्रबाटै हुँदैछ।

अन्नपूर्ण पोस्टमा समाचार छ, शिक्षा ऐनअनुसार कक्षा १० को अन्त्यमा लिइने एसईई परीक्षा सञ्चालन प्रक्रिया तीन वर्षअघि नै बदलिनुपर्ने थियो प्रदेशमा पर्याप्त संरचना नभएका कारण परीक्षा नियन्त्रण कार्यालयले केन्द्रबाटै परीक्षा गर्दै आएको छ।

परीक्षा नियन्त्रण कार्यालयले सात प्रदेशका परीक्षार्थीलाई सातै प्रकारको प्रश्नको सेट बनाएर सम्बन्धित जिल्लामा पुर् याइसकेको जनाएको छ। यो वर्ष साधारण धारतर्फ ६ वटा अनिवार्य विषयको प्रश्न सात प्रकारको हुने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए। अन्य धारमा धेरै विषय हुने भएकाले प्रदेशअनुसार फरकफरक सेटमा प्रश्न सोध्न कठिन छ।

साधारण धारमा ६ विषय अनिवार्य हुन्छन्। ‘छ विषयका लागि सात विषयमा एकएक सेट प्रश्न बनाउँदा ४२ सेट बनाउनुपर्छ। अन्य विषय पनि फरकफरक सेटमा प्रश्न बनाउन केन्द्रमा रहेको संयन्त्रले सकेन’, अधिकारीले भने, ‘एसईर्य परीक्षा प्रदेशस्तरमै सञ्चालन हुने अवस्था आएपछि मात्र हरेक विषयको प्रश्न फरक हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.