|

काठमाडौं : सरकारले प्रत्येक स्थानीय तहमा एक चिकित्सक र आधारभूत सुविधासम्पन्न अस्पताल पुर्‍याउने लक्ष्य लिए पनि अझै आधाभन्दा बढी स्थानीय तह चिकित्सकविहीन अवस्थामा छन्। देशमा कार्यरत चिकित्सकमध्ये झण्डै ७० प्रतिशत काठमाडौंमा नै केन्द्रित रहेको समाचार राजधानी दैनिकले छापेको छ।

आधाभन्दा बढी स्थानीय तहमा अझै चिकित्सक पुग्न सकेका छैनन्। सरकार गठन भएको १३ महिना बितिसक्दासमेत आफ्नो लक्ष्य पूरा गराउन सरकार असफल भएको हो, यसका कारण गाउँमा बसोबार गर्ने लाखौँ मानिस गुणस्तरीय सेवा लिनबाट वञ्चित भइरहेका छन्। शहरी क्षेत्रमा चिकित्सकहरू केन्द्रीकृत हुँदा स्थानीय तहमा चिकित्सक पठाउने सरकारको लक्ष्य असफल भएको छ।

सरकारले अस्पतालमा पर्याप्त भौतिक पूर्वाधार नथप्दा र सरकारी चिकित्सकको दरबन्दी सिर्जनामा उदासीन बन्दा यस्तो समस्या आएको हो। नेपाल मेडिकल काउन्सिलका अनुसार झण्डै २४ हजार चिकित्सक दर्ता भएका छन्। तीमध्ये करिब १२ हजार चिकित्सक संघले जनाएको छ। यी मध्ये ६० देखि ७० प्रतिशत चिकित्सक राजधानीका विभिन्न अस्पतालमा कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.