स्वास्थ्य

न्याम्सको उपकुलपतिमा प्राडा देवनारायण साह
SHARES

चैत २, २०७५

    काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा देवनारायण साहलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति नियुक्त गरेका छन्। 

    उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री एवं न्याम्सका सहकुलपति उपेन्द्र यादवको सिफारिसमा शुक्रबार प्रधानमन्त्री ओलीले साहलाई उपकुलपति नियुक्त गरेका हुन्। यस्तै न्याम्सका अन्य पदाधिकारी पनि नियुक्त भएका छन्। 

    पर्साका प्राडा सुबोधकुमार अधिकारी शिक्षाध्यक्ष, पाँचथरकी प्रा. प्रमिला देवान रजिस्ट्रार, सुनसरीका प्राडा पियूष दाहाल डिन र सप्तरीका डा. केदारप्रसाद सेञ्चुरी वीर अस्पतालको निर्देशकमा नियुक्त भएका छन्। उनीहरूको पदावधि चार वर्षको हुनेछ। प्रधानमन्त्री ओलीको उपस्थितिमा स्वास्थ्यमन्त्री यादवले उपकुलपति साहलगायत  पदाधिकारीलाई शुक्रबार बालुवाटारमा पद तथा गोपनीयताको सपथ गराए। 

    शपथपछि प्रधानमन्त्री ओलीले भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिए। वरिष्ठ चिकित्सकले अस्पतालमा बिरामीको उपचार नगर्ने संस्कार बसेकोले त्यसलाई तोड्न निर्देशन दिँदै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीहरुलाई बिरामीलाई गर्ने व्यवहार सुधार गर्नसमेत आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]