|
फाइल तस्बिर

इलाम : इलाम सदरमुकाम इलाम बजारमा जारी माईभ्याली गोल्डकपको पहिलो सेमिफाइलनमा नेपाल पुलिस क्लब पाहुना टोली क्यामरुनको दाफिन्स फुटबल क्लबसँग उपाधि होडमा प्रवेशका लागि शनिबार भिड्दै छ। 

दाफिन्सले नेपाली फुटबल प्रतियोगितामा छोटो अवधिमै दमदार उपस्थिति जनाइसकेको छ। उसले दुई महिनामा पुलिसलाई तीन पटक पराजित गरिसकेको छ। त्यसैले पुलिस इलामको मैदानमा दाफिन्सविरुद्ध पहिलो जितको खोजी छ। 

जारी सिजनका ८ प्रतियोगितामा सहभागिता जनाएको दाफिन्सले पोखरा कप, बुढासुब्बा गोल्डकप र तिलोत्तमा गोल्डकपको उपाधि चुम्दै ह्याट्रिक गरेको छ। २१ औँ बुढासुब्बा गोल्डकपको सेमिफाइलनमा पुलिसलाई सडनडेथमा हराएको दाफिन्सले सो प्रतियोगिताको उपाधि समेत जित्यो। बुटबलमा सम्पन्न २१ औँ तिलोत्तमा गोल्डकपको उपाधि भेटमा पुलिस सडनडेथमा नै पराजित बनेको थियो। पोखराको प्रतिष्ठित आहारारा गोल्डकपको १७ औँ संस्करणमा दाफिन्सले पुलिसलाई तेस्रो पटक हरायो।

बलिया र अग्ला कदका अफ्रिकी खेलाडीहरु पुलिसका लागि चुनौती बन्ने देखिन्छ। राष्ट्रिय टिमको क्लोज क्याम्प चलिरहेको अवस्थामा पुलिस आफ्ना मुख्य खेलाडीहरुविना नै दाफिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ। जारी सिजनको पहिलो प्रतियोगिता खप्तड गोल्डकपको उपाधि जितेको पुलिसले त्यस यता कुनै पनि प्रतियोगिताको उपाधि उचालेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.