|

चितवन : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ३ को प्रथम महाधिवेशनबाट पेमा लामाको अध्यक्षतामा प्रदेश कार्यसमिति निर्वाचित भएको छ।

शुक्रवार राति नुवाकोटमा सम्पन्न महाधिवेशनले उपाध्यक्षमा युवराज श्रेष्ठ, महिला उपाध्यक्षमा अन्जु दिम्दुङ, महासचिव सुरजकुमार भुजेल, संगठन सचिवमा पूर्णिमा स्याङवा, संस्थागत सचिवमा श्याम राना मगर र कोषाध्यक्षमा पुर्णभक्त दुवाललाई सर्वसम्मत चयन गरेको हो। 

अधिवेशले २० सदस्यीय समिति निर्वाचित गरेको छ। बाँकी तीन सदस्य मनोनित गरिने अध्यक्ष लामाले जानकारी दिए। 
महाधिवेशनले दिलबहादुर लामाको संयोजकत्वमा राजकुमार शाक्य, रिदेन महर्जन रहेको तीन सदस्यीय अनुशासन समिति पनि गठन गरेको केन्द्रीय संगठन सचिव मिलन लिम्बुले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.