|

उदयपुर : मध्य तराईको भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह आज शनिबार गाईघाट आउने भएका छन्। शाहले गाईघाटको बोक्सेमा रहेको राधाकृष्ण मन्दिरमा पूजापाठ गर्न आउने भएका हुन्।

राधाकृष्ण मन्दिर, भगवती मन्दिर र राधा माधव समितिको संयुक्त आयोजनामा राधाकृष्ण मन्दिर परिषरमा पूर्व-राजा शाहले पूजा-अर्चना गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समितिका संयोजक धुर्व रायमाझीले बताए। ‘स्वागतका लागि जलजले, देउरी, बगहा, मोतिगडा, गाईघाटलगायत स्थानमा गेट र व्यानरले सजाइएको छ,’ उनले भने, ‘पूर्व राजाले दिउँसो २ बजे पूजापाठ गर्ने कार्यक्रम छ।’

जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले दिउँसो २ बजेपछि पूजापाठमा आउने जानकारी पाएको बताए। ‘पूर्वराजा आउने कार्यक्रम भएकाले सुरक्षा व्यवस्था मजवुद बनाइएको छ,’ उनले भने।

पूर्व-राजा उदयपुर आउने भएपछि स्थानीयवासी, राष्ट्रवादी संघ, संस्था तथा राजावादी विभिन्न संगठन स्वागतमा जुटेका छन्। राधाकृष्ण मन्दिरलाई सिँगारिएको छ। पूर्व-राजा शाह उदयपुरमा करिब २ घण्टासम्म रहने कार्यक्रम तय भएको बताइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाको आन्तरिक तयारीमा जुटेको छ भने आवश्यक परेमा नेपाली सेनाले पनि सुरक्षा दिन सक्‍ने सुरक्षा स्रोतको तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.