समाज

हनुमन्तेपुलदेखि रेडक्रससम्मको सडक सरसफाइ सुरु
SHARES

चैत २, २०७५

    भक्तपुर : कौशलटार- बालकोट सडक खण्डको हनुमन्तेपुलबाट रेडक्रससम्म सरसफाइ शुरू गरिएको छ। वास्तुटोल सुधार समितिको पहलमा सुरू गरिएको सो कार्यक्रमको शनिबार सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले उद्घाटन् गरिन्।

    सफाइ कार्यक्रममा स्थानीय वासिन्दा र व्यापारीको सहभागिता थियो। सो क्षेत्रमा स्थानीयले प्रतिघर पसलबाट दैनिक पाँच रूपैयाँ उठाएर सफाइ प्रबन्ध गर्ने र सहभागितामूलक काम पनि गर्ने भएका छन्। आफ्नो घरपसल अगाडिको फोहोरको प्रबन्ध आफैँ गर्ने कार्यक्रम अगाडि सारिएको छ। वास्तुटोल सुधार समितिले मध्यपुर नगरपालिकालाई मलमूत्रको ढल नदीमा सोझै नहाल्न पनि विशेष अनुरोध गरेको छ। कार्यक्रममा बोल्दै सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले सरसफाइ र योजनाबद्ध विकास आफ्नो प्राथमिकता भएको बताएकी थिइन्। यस्तै वडा २ का वडाध्यक्ष कमल आचार्यले सरसफाइ ढल निकास र सार्वजनिक जमिन खाली गराएर पार्क एवं खुला स्थान कायम गर्न आफू लागि पर्ने बचनबद्धता जाहेर गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]