|

ओखलढुंगा : सिद्धीचरण नगरपालिका-९ ज्यामीरे गाउँमा खानेपानी पुगेपछि स्थानीय हर्षित भएका छन्। पानीको हाहाकार हुँदा दशकौँदेखि काकाकुल जीवन बिताइरहेका स्थानीय पाइपमार्फत घरघरमा खानेपानीको सुविधा पुगेपछि स्थानीय हर्षित भएका हुन्।

खानेपानी जोहो गर्न रातभर अनिदो बस्ने गरेका स्थनीयहरुमा पाईपबाट घरघरमा धारो पुगेपछि खुशीले सिमा नाघेको छ। पहिले करिब डेढ घन्टाको पैदल हिडेर कुवामा लाईन बसी पानी ल्याउनुपर्ने बाध्यता थियो। खानेपानी पाउनै धौ धौ पर्ने स्थानमा वस्तुभाउका लागी  प्रयाप्त पानी नै थिएन। जसले गर्दा स्थानीयहरु रातभर पानी बोक्न बाध्य थिए। छिटफुट रुपमा वस्तुभाउ पाल्ने गरेका स्थनियमा यतिबेला पानी बेकैर जिन्दगी बित्ने चिन्ता लागेको भए पनि यसरी घरघरमा धारा सहितको पानी आउला भन्नेमा आशा भने नलागेको बताउँछन्।

खानेपानी पाउन मुस्किल पर्ने स्थानमा धारा मार्फत घरैपिच्छे पानी झरेपछि सहज भएको स्थानीय मिठुमाया सार्कीले बताइन्। २०५५ सालमा नेपाल सरकार र एसीयाली विकाश बैंकको सहयोगमा ज्यामिरेमा तिन खानेपानी आयोजना थालिएको भए पनि विविध समस्याका कारण खानेपानी योजना अवरुद्ध रहेका थिए। ज्यामिरेको गहते र खोदम्वामामा दुई योजना सफल भए पनि पानीको मुहान अभावमा खानेपानी वितरण हुन सकिरहेको थिएन्। साविकको वडा नं. ७ र ८ मा सम्पन्न योजना वर्षौदेखि बन्द रहेको भएपनि गत वर्ष स्थानीयले आफ्नै पहलमा मर्मत गरी खानेपानी वितरण गरेका थिए।

२०५६ सालमा १० लाख रुपौयाँको लागतमा खानेपानीको पाईप ल्याई स्टोर गरीएको भएपनि विवादका कारण योजना अलपत्र रहेको बताउँदै गाउँमा उपभोक्ता समिती अध्यक्ष को बन्ने भन्ने विवादका कारण खानेपानी योजना अलपत्र अवस्थामा रहेको र स्थानीयको पहलमा यो वर्ष खानेपानी योजना संचालन गरीएको उपभोक्ता समितीका अध्यक्ष पहलमान खड्काले बताए। पाईप अनुदान आएर गाउँमै स्टोर गरेर राखीएको भएपनि पानीको मुहान नहुँदा पाईप लामो समयदेखी त्यत्तिकै थन्किएको थियो। सिद्धीचरण नगरपालिका ११ स्थित चन्दनेखोला पानीको मुहान गरी गाउँको माथि १६ हजार लिटरको रिजर्भ ट्यांकी बनाई रिजर्भ ट्यांकी सम्म ५ हजार ७ सय ५० मिटर पाईप लाईन खनि ल्याईएको र ट्यांकी देखी गाँउमा खानेपानी पुर्‍याउन ३ हजार २ सय मिटर लाईन खन्नुपर्ने भएपनि हाल अस्थायी रुपमा पाईप लाइनबाट पानी वितरण गरीरहेको अध्यक्ष खड्काले बताए।

स्थानीयबाट प्रतिघर ५ हजार रुपैयाँ नगद सहित १० दिन बराबरको जनश्रमदानमा गाउँमा पहिलो पटक खानेपानी पुर्‍याएको स्थानीय माझी सार्कीले बताए। धेरैथोरै लगानी भएपनि घरघरमा पानी झरेकोमा आफुहरु अत्याधीक खुशी रहेको उनको भनाई छ। लामो समयदेखी खानेपानीका लागी थुपारिएका पाईप हेर्दै रातभर पानी बोक्ने गरेका स्थानीयहरुमा गाउँमा स्थानीय सरकार आएपछि पानी आएको भान भएको छ। पानीका लागि सिद्धीचरण नगरपालिका र वडा कार्यलयले पहलकदमी गरेको सिद्धीचरण नगरपालिका ९ का वडा अध्यक्ष दान बहादुर बानियाँले बताए। आफूले गाउँमा हरेकघरमा खानेपानीको धारा पुर्‍याउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। गाउँमा पानीको समस्या रहेको भए पनि अहिले पहल मात्र भइरहेको र आगामी दिनमा खानेपानीको व्यवस्थापनका लागी बजेट विनियोजन गरी काम गर्ने समेत बताएका छन्।

हाल दलित समुदायका ३५, अन्य ६२ घरधुरी सहित एक विद्यालयले खानेपानी उपभोग गर्दै आएका छन्। पहिल्यै खरिद भएर आएको पाईप बाहेक स्थानीयको जनश्रमदान तथा नगद सहित करिब ९ लाख ३० हजारको लागतमा गाउँमा खानेपानी पुर्‍याएको भएपनि हरेक धारामा पुर्याउन अझै तिन किलोमिटर बढी पाईप लाईन खन्ने पर्ने हुँदा जनताको श्रमदान र रकमको लागत अझै बढ्ने देखिएको छ। अहिले अस्थाई रुपमा पुगेको पानीलाई व्यवस्थीत गरी विस्तार गरिने खानेपानी उपभोक्ता समितीका अध्यक्ष खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.