|

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित हुलास स्टिल इन्डष्ट्रिजमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

शनिबार दिउँसो उद्योगको कवाडी गोदाममा अचानक आगलागी हुँदा १५ देखि २० लाख बराबरको क्षति भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुबास हमालले जानकारी दिए।

स्टोरमा लागेको आगो सशस्त्र प्रहरी, जनपथ प्रहरी र कम्पनीका कामदारहरुको सहयोगमा जीतपुरसिमरा उपमहानगरपालिका र नेपाल आयल निगमको वारुणयन्त्रद्वारा करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो।

गोदाममा रहेको फलामलाई ग्यासको मद्दतले काट्ने समयमा त्यसबाट निस्केको झिल्कोले अन्य ज्वलनशील पदार्थलाई टिप्दा सो आगलागी भएको उद्योग प्रशासनले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.