|

जनकपुरधाम : संघीय सरकारका मन्त्रीहरू परिवर्तन गर्ने चर्चा तलिरहेको बेलामा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रघुवीर महासेठले आफ्नो मन्त्री पद रहने वा नरहनेबारे अन्योलता व्यक्त गरेका छन्। उनले शनिबार जनकपुरधाम १४ स्थित मुजेलियामा एक सार्वजनिक पुस्तकालयको नवनिर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण समारोहमा आफू मन्त्री रहे वा नरहेबारे अन्योलता व्यक्त गरेका हुन्।  

जनकपुरधामको राधाकृष्ण सार्वजनिक पुस्ताकलयमा आयोजित समारोहमा मन्त्री महासेठले भने, ‘आफू मन्त्री रहे वा नरहे पनि सांसद पदमा रहिरहने भन्दै उनले जनकपुरधामको विकासको लागि आफू कहिल्यै पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्दछु। मन्त्री मन्त्री नरहे पनि अझ ४ वर्ष सांसद पक्कै रहनेछु, त्यो समयमा जति सहयोग हुन्छ, त्यति सहयोग गर्न तयार रहन्छु।’ 

शुक्रबार मात्र जनकपुरधाममा ३ वटा पुल निर्माणको लागि शिलान्यास गर्ने क्रममा अहिले मन्त्रिमण्डल परिवर्तनको कुरा 'अफवाह' मात्रै भएको बताएका उनको एकदिनमै बोली परिवर्तन हुनुले मन्त्री फेरबदल हुने सम्भावनाबारे स्पष्ट पारेको छ। जनकपुरस्थित मणिपाल अस्पतालको लागि वर्षौदेखि रहेको निर्माणाधिन भवनमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने समेत दाबी गरे।

कार्यक्रममा प्रदेश-२ का प्रदेश सांसद किशोरी साह कमल, उद्योग बाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिरा, जिल्ला बिकास समितिका पूर्वसभापति रामचरित्र साह, लक्ष्मिनिया गाउपालिका अध्यक्ष बिन्देश्वर यादव, र वडा नम्बर १४ का वडा अध्यक्ष पुण्यप्रताप यादव लगायतकाहरुको उपस्थित रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.