|

दाङ : दाङका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। लमही नगरपालिका ३ बनगाँउ चोकस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा२प ६०२६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा लमही नगरपालिका ३ बस्ने वर्ष ६० का पैदलयात्रु जयमंगल चौधरीको मृत्यु भएको हो।

गम्भीर घाइते चौधरीको रुपन्देहीमा उपचारका क्रममा शनिबार राति पौन १ बजे मृत्युभएको हो। उक्त दुर्घटनामा परी उनीसँगै पैदलयात्रु छुनिया चौधरी र मोटरसाइकल चालक कोलहीका ३२ वर्षीय राजकुमार चौधरीको सामान्य घाइते भएका र उपचारपछि डिष्चार्ज भइसकेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।  मोटरसाइकल चालक राजकुमारलाई प्रहरी नियन्त्रणमा लिएको छ।

यस्तै, शुक्रबार राति ९ बजेतिर राप्ति गाउँपालिका ५ पहरुवास्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ८४१७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटरसाइकल चालक लमही नगरपालिका ५ वस्ने अन्दाजी ४४ वर्षीय पिताम्बर गोराथोकी मृत्युभएको हो।

मोटरसाइकल चालक गोराथोकीको फ्लोरेन्स अस्पताल लमहीमा उपचारका क्रममा राति ११ बजे तिर मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको ठक्करबाट भने साइकल चालक लमही नगरपालिका ४ वस्ने ३० वर्षीय रामअवतार चौधरीको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.