|

दाङ : संघीय संसदका सभामुख कृष्णबहादुर महराले भाषा, संस्कृति संरक्षण राष्ट्रिय दायित्वको विषय भएको बताएका छन्। मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समिति दाङले शनिबार घोराहीमा आयोजना गरेको मगर सांस्कृति भेषभुषा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले मगर समुदायको भाषा र संस्कृतिको आफ्नै पहिचान भएको बताएका हुन्।

संविधानले बहुपहिचान युक्त राष्ट्र स्वीकार गरेको भन्दै सभामुख महराले सबै समुदायको ठूलो उपलब्धि भएको उल्लेख गरे। भाषा, संस्कृति संरक्षण गर्न अझै कानुनको अभाव रहेको भन्दै  सरकारले छिटै मस्यौदा बनाउने पनि बताए। आफू पनि मगर समुदायमै हुर्किएको भन्दै सभामुख महराले राजनीतिक यात्रामा मगर समुदायको भूमिकाले नै आफू उच्च स्थानमा पुगेको स्मरण गरे।

यसैबीच सभामुख महराले प्रतिष्ठानमा गत वर्ष आफूले ५० हजारको अक्षकोष स्थापना गरेको र यस वर्ष पनि थप ५० हजार दिने घोषणा गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.