|

बाँके : नेपालगन्जमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्जमा सचिवालय स्थापना भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिताका लागि सचिवालय स्थापना गरि कामको सुरुवात गरेका हुन्।

सचिवालय स्थापना भएसँगै आठौँ राष्ट्रिय प्रतियोगिताको अधिकांश काम सचिवालयबाट हुने भएको छ। मिति नतोकिदै सचिवालय स्थापना भएकोले तदारुकताका साथ काम हुन नसक्ने देखिन्छ। प्रतियोगिताको अधिकांश काम अव सचिवालयबाट हुनेछ,’ विष्टले भने।

विष्टले मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीको कार्यकक्षलाई हालका सचिवालय बनाएका छन्। उनले प्रचार प्रसारका लागि बाँकेका मुख्य शहरका चोक र गल्लीमा होर्डिङ बोर्ड राख्न निर्देशन दिएका छन्। सचिवालयसँगै अव प्रचार प्रसार, पत्रकारका लागि मिडिया सेन्टरको स्थापना पनि गर्ने तयारी छ,’ उनले भने।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.